About Us
हाम्रो बारेमा
ज्ञान, अनुशासन र संस्कारसँगै उज्ज्वल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।

Our Story
हाम्रो बारेमा
श्री बसुदेव जनता माध्यमिक विद्यालय समुदायको विश्वास र सहयोगमा सञ्चालन भइरहेको एक प्रतिष्ठित सामुदायिक विद्यालय हो। विद्यालयले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै नैतिक मूल्य, अनुशासन, नेतृत्व क्षमता तथा व्यवहारिक सीप विकासमा विशेष जोड दिँदै आएको छ।
What Guides Us
Mission, vision, and daily practice
Motto
गुणस्तरीय, समावेशी तथा जीवनोपयोगी शिक्षामार्फत अनुशासित, नैतिक, सक्षम र जिम्मेवार नागरिक तयार गर्नु।
Vision
आधुनिक, प्रविधिमैत्री तथा मूल्यमा आधारित शिक्षाद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक उत्पादन गर्ने उत्कृष्ट शैक्षिक संस्था बन्ने।
Mission
विद्यार्थीकेन्द्रित शिक्षण, प्रविधिको प्रभावकारी प्रयोग, समावेशी सिकाइ वातावरण तथा अभिभावक र समुदायसँगको सहकार्यमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्नु।
Leadership Message
प्रधानाध्यापकको सन्देश
“श्री बसुदेव जनता माध्यमिक विद्यालयको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई हार्दिक स्वागत गर्दछु। हाम्रो विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य तथा आधुनिक शिक्षण प्रणालीलाई प्राथमिकतामा राख्दै प्रत्येक विद्यार्थीको क्षमता विकासका लागि निरन्तर प्रयास गरिरहेको छ। शिक्षाले व्यक्तिको भविष्य मात्र होइन, समाज र राष्ट्रको भविष्य पनि निर्माण गर्छ भन्ने विश्वासका साथ हामी विद्यार्थीलाई ज्ञान, सीप र असल चरित्रले सम्पन्न नागरिकका रूपमा विकास गर्न प्रतिबद्ध छौँ। तपाईंहरूको विश्वास, सहयोग र निरन्तर साथका लागि हार्दिक धन्यवाद।”
Principalप्रधानाध्यापक
School
श्री बसुदेव जनता माध्यमिक विद्यालय
Address
Yashodhara,Kapilvastu
Contact
+977-9800000000
Visit or connect
